७ पुस २०८१, आइतबार

काँग्रेस र नेकपा एमाले मिलेर माओवादी केन्द्रलाई घुस खान सिकाए : महासचिव भुसाल

प्रकाशित मिति :  20 July, 2024 3:32 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नेकपा (माओवादी केन्द्र) लाई घुस खान सिकाएको टिप्पणी गरेका छन् ।

राजाले बाहिरबाट घुस लिन सिकेको हुनसक्ने भन्दै राजाबाट काँग्रेस-एमालेले घुस खान सिकेको महासचिव भुसालको टिप्पणी थियो ।

काठमाडौँमा भएको कार्यक्रममा बोल्दै काँग्रेस र एमाले दुवै राजनीतिक दलहरू मिलेर माओवादीलाई घुस खान सिकाएको दाबी गरे ।

उनले भने,“राजाले कसरी सिके त्यो परम्परामा सिके । अन्तबाट पनि सिके होलान् । काँग्रेसले राजाबाट सिक्यो । संस्थागत रुपमा भन्ने लाग्छ मलाई । हामी एमाले भएर काँग्रेसबाट सिक्यौँ । उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौँ । काँग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौँ । हामीले आफू जस्तै बनायौँ ।”



प्रतिक्रिया दिनुहोस !