१९ कार्तिक २०८१, सोमबार

राजतन्त्र नै मुलुकको विकासको मुख्य बाधक होःभट्टराई

प्रकाशित मिति :  20 July, 2024 4:13 pm


काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जटिल भौगोलिक अवस्था र उत्पादनको साधनको कमीको कारणले पनि नेपाल विकासमा अझै पछि परेको जिकिर गरे । उनले भारतसँग खुला सीमानाका कारण पनि नेपालको विकासमा अल्झन आउने गरेको बताए । सुगौली सन्धि लगायतका भारतसँगको असमान सम्बन्धहरुलाई नसच्याएसम्म नेपालको विकास नहुने अध्यक्ष भट्टराईको निष्कर्ष थियो ।

अध्यक्ष भट्टराईले पुराना राजनीतिक नेतृत्वलाई सम्मान गर्दै मुलुकलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस !