२३ भाद्र २०८१, आइतबार

संस्कृति नीति बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्छुः पर्यटनमन्त्री पाण्डे

प्रकाशित मिति :  21 July, 2024 8:18 am


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति नीति बनाउने घोषाा गरेका छन्।

नेपाल मगर विद्यार्थी संघले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सो नीति बनाउने कुरामा अब ढिलाई गर्न नहुने पनि बताए।

नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्नका लागि पनि आफूले सो नीति बनाउने कुरालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्दै उनले आफूले पर्यटन क्षेत्रको विकासका लागि पदभार ग्रहण गरेकै दिन पर्यटन नीतिमा संशोधन गर्ने निर्णय लिएको पनि स्पष्ट पारे।

उनले भने, “वास्तवमा यदि मन्त्रालयले अहिलेसम्म संस्कृति नीति बनाउनेमा कुनै कसरत र काम गरेको छैन भने म यो बचनबद्धता दिलाउन चाहन्छु । संस्कृति नीति बनाउने कुरामा अब हामीले ढिलो गर्नु हुन्न । नीति बन्यो भने हामीले त्यो अनुसारको कानून बनाउँछौं । नीति बन्यो भने मात्रै हामीले त्यो अनुसार कार्यक्रम र योजना बनाउँछौ ।”

मन्त्री पाण्डेले विविधतायुक्त भाषा, कला, संस्कृति, गीत, संगीतनै नेपालको सम्पती भएको उल्लेख गदैै त्यसको जर्गेना गर्ने कुरामा पनि सरकार कटिवद्ध भएर लाग्ने बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !