२३ भाद्र २०८१, आइतबार

महिला एसिया कपमा आज नेपाल र पाकिस्तान खेल्दै, युएईले र भारत पनि आजै भीड्दै

प्रकाशित मिति :  21 July, 2024 8:28 am


काठमाडौँ। श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा आज नेपालले दोस्रो खेल खेल्दैछ । आइतवार साँझ ७ः१५ बजे श्रीलङ्काको डम्बुला मैदानमा पाकिस्तानसँग खेल्ने भएको हो ।

नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वविरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।

पहिलो खेलमा युएईलाई ६ विकेटले हराउँदै जीत हासिकल गरेको नेपाली टोलीका लागि आज चुनौतिपूर्ण खेल हो ।

समूह ‘ए’ को अर्को खेल आज दिउँसो २ः१५ बजे भारत र युएई खेल्दैछन् ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !