३ माघ २०८१, बिहिबार

आज दिनको १ बजे प्रतिनिधिसभा वैठक, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

प्रकाशित मिति :  21 July, 2024 8:39 am


काठमाडौँ। आज आइतवार दिनको १ बजे प्रतिनिधिसभा वैठक बस्ने भएको छ ।

वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

नेपाली कांग्रेस र एमालेले संयुक्त सरकारर गठन गरेपछि नवनियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार आज विश्वासको मत लिइने भएको हो।

विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई २७५ सदस्यीय प्रतिनिधिसभामा १३८ जना सांसदको मत आवश्यक पर्छ।

कांग्रेससँगै समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी भएकाले प्रधानमन्त्रीले सहज रुपमा विश्वासको मत प्राप्त गर्ने देखिएको छ । प्रधानमन्त्रीले कुल १९२ मत पाउने निश्चितप्राय छ।

बैठकको सुरुवातमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेर विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्। प्रधामन्त्रीसँग प्रश्नोत्तरसँगै विश्वासको मतको प्रक्रिया सुरु हुनेछ।



प्रतिक्रिया दिनुहोस !