१९ कार्तिक २०८१, सोमबार

रास्वपा संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  21 July, 2024 9:44 am


काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलको बैठक बस्दै छ । आइतबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।

आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

शनिवार बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !