कम्बोडियामा सबैभन्दा ठूलो दुर्लभ सियामी गोहीको गुँड भेटियो
प्रकाशित मिति : 21 July, 2024 9:47 am
काठमाडौँ । कम्बोडियाको अलैंची राष्ट्रिय निकुञ्जमा लगभग लोप भइसकेका सियामी गोहीका पाँचवटा गुँड फेला परेका छन् ।
जुन २० वर्षभन्दा पछि भेटिएको सबैभन्दा ठूलो संख्या हो । एक संरक्षणवादी समूहले उक्त गुँडहरु फेला पारेको बताइएको छ ।
यी पाँच गुँडहरूमा १०६ वटा अण्डाहरू थिए । सियामी गोही अन्तर्राष्ट्रिय युनियन फर कन्जर्भेसन अफ नेचरको रेड लिस्टमा क्रिटिकली एन्जर्डको रूपमा सूचीकृत छ ।
विश्वभर करिव १ हजार सियामी गोहीहरू छन् । जसमध्ये कम्बोडियामा ३०० भन्दा बढी छन् । न्युज एजेन्सी नेपाल