विश्वासको मतको विपक्षमा मतदान गर्न एकीकृत समाजवादीका सांसदलाई ‘ह्विप’
प्रकाशित मिति : 21 July, 2024 10:03 am
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।
प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले ह्वीप जारी गरेको हो ।
आज दिउँसो प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए ।