काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रका कमजोरीहरू सुधार गर्नुपर्छः महामन्त्री थापा
काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरूको सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
आइतवार ४२ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस केन्द्रिय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने बताएका हुन्।
उनले काँग्रेसभित्र पठन संस्कृति छ भन्नेकुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताए ।उनले भने, “नेपाली काँग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्न जाने होइन । आफैँ भित्र खोज्नुपर्छ । हामीसँगै छ त्यो । हामीभित्रै छ । त्यसैले पठन संस्कृतिलाई फेरि एक पटक नेपाली काँग्रेसभित्र छ, तर अझै यसलाई बढाउनुपर्छ ।”
महामन्त्री थापाले काँग्रेसलाई श्रोत केन्द्रको आवश्यकता रहेको पनि बताए ।