प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप
प्रकाशित मिति : 21 July, 2024 12:51 pm
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।
आइतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्ने विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय गरेको हो ।
पार्टीका सबै सांसदहरूसँग घनिभुत छलफल गरेर सो निर्णयमा पुगिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । त्यसैगरी सो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन पनि पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेको छ ।