११ पुस २०८१, बिहिबार

उपसभामुख राना पदमा बस्न मिल्दैनः संसद खतिवडा

प्रकाशित मिति :  21 July, 2024 1:35 pm


काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिनु माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले राजीनामा माग गरेका हुन् । उपसभामुख रानाले आफ्नो पदको दुरुपयोग गरेर ५ जनालाई अमेरिका लग्नेगरी पत्रका लेखेको विषय मानव तस्करीको प्रकृतिको भएको विश्लेषण भईरहेका बेला सांसद खतिवडाले सो घटना छानविनका लागि माग समेत गरे । उनले सिंगो संसदमाथि अपमान गर्ने उपसभामुख रानाले आफनो इज्जत बचाउन पनि तत्काल पद त्याग गर्नुपर्ने जिकिर गरे ।

यता, उपसभामुख रानामाथि आरोप लगाएर पार्टीको बद्नाम गराउने दुष्प्रयास गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सो प्रकरणप्रति असन्तुष्टि जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !