१९ कार्तिक २०८१, सोमबार

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिए राजीनामा

प्रकाशित मिति :  21 July, 2024 3:01 pm


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

आफ्नो पक्षमा बिश्वासको मत नपुग्ने देखिएपछि संसदमा सम्बोधन गरेर राजीनामा दिने निर्णय गरेका मुख्यमन्त्री जम्मकट्टेलले रोष्टममै राजीनामा पत्र पढेर सुनाए ।

२०७९ पुस २५ गते नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा जम्कट्टेल मुख्यमन्त्री बनेका थिए ।



प्रतिक्रिया दिनुहोस !