२३ भाद्र २०८१, आइतबार

मैत्रीपूर्ण भलिबलमा रसियासँग नेपाल सोझो सेटमा पराजित

प्रकाशित मिति :  22 July, 2024 7:36 am


काठमाडौँ। मैत्रीपूर्ण भलिबलमा रसियासँग नेपाल सोझो सेटमा पराजित

काठमाडौँ। नेपालले रसियासँगको मैत्रीपूर्ण भलिबलमा आर्ईतवार सोझो सेटमा हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको मैत्रीपूर्ण खेलमा नेपालले पाहुना टोलीसँग सहजै नतिजा सुम्पिएको हो ।

काभा महिला भलिबल नेसन्स लिगको तयारीका लागि नेपालले बलियो टोली रसियासँग दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो । तर शारीरिक रूपमा बलियो रसियासँग नेपालले राम्रो चुनौती दिन सकेन । रसियाले पहिलो सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटमा भने नेपाल पाहुना टोलीलाई चुनौती दिन सफल भयो ।

दोस्रो सेटमा एक समय नेपालले १८–१६ ले अग्रता लिएको थियो । तर नेपालले रिसिभमा लगातार गल्ती गरेपछि रसियाले यो सेट पनि सहजै आफ्नो बनायो । सेटमा नेपालले एक अंक जोड्दा रसियाले लगातार सात अंक जोड्यो ।

यो सेट पनि रसियाले २५–१९ ले आफ्नो बनायो । तेस्रो तथा निर्णायक सेटमा भने नेपालको सुरुआत निकै खराब रह्यो । रसियाले ५–१ को अग्रता लिँदा नेपालले कुनै समय पनि चुनौती दिन सकेन ।

पाहुना टोलीले फराकिलो अग्रता बनाउँदै अन्तिमसम्म दबाब बनायो । यो सेट पाहुनाले टोलीले २५–१५ ले सहजै आफ्ना बनाउँदै मैत्रीपूर्ण खेलमा सुखद सुरुआत ग¥यो । यी दुई बीच दोस्रो मैत्रीपूर्ण खेल सोमवार नै हुनेछ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !