३ माघ २०८१, बिहिबार

कमलालाई समर्थन गर्ने घोषणासँगै राष्ट्रपटिको दौडबाट बाहिरिने बाइडेनको घोषणा

प्रकाशित मिति :  22 July, 2024 7:50 am


काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। आफ्ना सहकर्मी तथा हालकी उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्दे राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गरका हुन्।

रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् रहेकाले बाइडेन ठीक कि ट्रम्प भन्ने बहस चलिरहँदा बाइडेनको नयाँ घोषणा बाहिर आएको हो।

बाइडेनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु ।”

आफ्नो निर्णयको बारेमा थप जानकारी दिन राष्ट्रलाई सम्बोधन गर्ने भएका छन् ।

पुर्व राष्ट्रपति बराक ओबामाले बाइडेनको कदमको उच्च प्रशंसा गरेका छन्। ओबामाले चुनावमा बाइडेनलाई चुनावमा सहयोग गरेका थिए।



प्रतिक्रिया दिनुहोस !