१७ कार्तिक २०८१, शनिबार

लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने

प्रकाशित मिति :  22 July, 2024 12:54 pm


लुम्बिनी । लुम्बिनीमा नेकपा एमालेबाट चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने भएका छन् ।

संसदीय दलका नेता लीला गिरी नभएर निवर्तमान आर्थिक मामिला मन्त्री आचार्य मुख्यमन्त्री बन्ने पक्का भएको हो । एमाले नेता भूमिश्वर ढकालले आचार्य मुख्यमन्त्री बन्ने पुष्टि गरे ।

उनले भने,“ हो आचार्य जी मुख्यमन्त्री बन्ने पक्का भएको छ ।”

निवर्तमान आर्थिक मामिला मन्त्री आचार्यले आफू यसपटक मुख्यमन्त्री नबने मन्त्रीका रुपमा नदोहोरिने बताएका थिए ।

गत हप्ता मात्रै आचार्य काठमाडौँ आएर शिर्ष नेताहरूसँग छलफल गरेर फर्किएका थिए ।

यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने भनि पनि एमाले केन्द्रको निर्देशनमा आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् ।

पार्टीभित्र आचार्य महासचिव शङ्कर पोखरेल निकट मानिन्छन् । संसदीय दलका नेता गिरी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।

संसदीय दलको नेता मुख्यमन्त्री बन्ने प्रचलन भए पनि नेकपा एमालेले भने आचार्यलाई लुम्बिनीमा मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

हिजो मात्रै नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रकृया अगाडि बढेको हो ।



प्रतिक्रिया दिनुहोस !