२६ पुस २०८१, शुक्रबार

आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुन्छः उपप्रधानमन्त्री सिंह

प्रकाशित मिति :  22 July, 2024 1:51 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरु विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताए । उनले समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने बताए ।

उनले संघीयताको मर्म र भवनाअनुसार कानूनहरू बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताए । उनले जनताको चाहना पूरा गर्नका लाग काँग्रेस र एमाले मिलेर सरकार बनाएको बताए । उनले युवाहरू रोजगारीको खोजिमा विदेशिनुपर्ने बाध्यतको अन्त्य, अर्थतन्त्र चलायमान बनाउन, विकास निर्माणका गतिविधि अघि बढाउनका लागि सरकारले काम गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !