२६ पुस २०८१, शुक्रबार
लुम्बिनीमा नयाँ सरकार

लुम्बिनीमा एमालेका आचार्य मुख्यमन्त्री नियुक्त

प्रकाशित मिति :  22 July, 2024 5:26 pm


काठमाडाैँ । लुम्बिनी प्रदेशमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन् । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।

केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै माओवादी केन्द्रका जोखबहादुर महराले हिजाे (आइतबार) मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !