२३ भाद्र २०८१, आइतबार

महिला एसिया कप क्रिकेटमा आज नेपाल र भारतको भिड्दै

प्रकाशित मिति :  23 July, 2024 7:36 am


काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । आजको खेल समूह चरणको अन्तिम खेल हो ।

नेपालमाथि अघिल्लो चरण प्रवेशका लागि भारतविरुद्ध खेलमा जित्नुपर्ने हुन्छ । यसअघि पहिलो खेलमा यूएईमाथि ६ विकेटले विजयी भएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ।

आजै पाकिस्तान र युएई पनि भिड्दैछन्। बलियो प्रतिस्पर्धी भारत र पाकिस्तानसँग युएईको खेलले दुबै देशको एसियाकपमा आफ्नो हैसियत बनाउन भूमिका खेल्नेछ।

श्रीलंकाको डम्बुला मैदानमा पाकिस्तान र यूएईको खेल दिउँसो २ः१५ बजे तथा नेपाल र भारतको खेल मंगलबार साँझ ७ः१५ बजे हुनेछ।

नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गरिरहेको छ। यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो।



प्रतिक्रिया दिनुहोस !