७ पुस २०८१, आइतबार

प्युठानको गर्जेनीमा ढुंगा झरेर सडकखण्ड अवरुद्ध, सुचारु गर्न सडक डिभिजन सक्रिय

प्रकाशित मिति :  23 July, 2024 7:46 am


प्युठान। भालुवाङ–लिवाङ सडकखण्डको गनाह चकचके सडक खण्ड स्थित गर्जेनीमा माथिबाट ढुङ्गा झरेर बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ ।

कार्यालयले भनेको छ, “गनाह चकचके सडक खण्ड स्थित गर्जेनीमा माथिबाट ढुङ्गा झरेर बाटो अवरुद्ध भएको छ । उक्त बाटो सुचारु गर्न यस डिभिजनको उपकरणहरु परिचालन भई सकेको छ । बाटो सुचारु भए पश्चात पुन यसै फेसबुक मार्फत जानकारी गराईन्छ ।”

डिभिजन कार्यालयको फेसबुक हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !