१७ कार्तिक २०८१, शनिबार

लुम्बिनी प्रदेशमा मन्त्रालयको बाँडफाँड,कुन दलको भागमा कति ?

मुख्यमन्त्री आचार्यको सपथ ग्रहण बुधबार बिहान ८ बजे
प्रकाशित मिति :  23 July, 2024 9:13 am


दाङ । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबिच मन्त्रालयको बाँडफाँड भएको छ ।

सहमति अनुसार सरकारको नेतृत्व गरेको नेकपा एमालेले मुख्यमन्त्री र ४ मन्त्रालय पाउने भएकाे छ भने नेपाली कांग्रेसले ५ मन्त्रालय पाउने छ । २ मन्त्रालय भने अन्य साना दलका लागि छुट्टाइएको छ ।

लुम्बिनीमा सोमबार मात्रै एमालेका मुख्यमन्त्री चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका छन् ।

आचार्यको बुधबार बिहान ८ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गो लगाउन दलहरू आन्तरिक गृहकार्यमा लागेका छन् ।

लुम्बिनीमा एमाले र कांग्रेसको प्रष्ट बहुमत पुग्छ । अन्य दललाई समेत समेट्ने गरेर २ मन्त्रालय छुट्टाइएको छ ।

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित सरकारमा सहभागि हुने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !