२३ भाद्र २०८१, आइतबार

नेपाल आठौं चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी

प्रकाशित मिति :  23 July, 2024 10:00 am


काठमाडौँ । नेपाल आर्ट ट्रेडर्सले चीनको दक्षिणपश्चिमी युनान प्रान्तको राजधानी कुनमिङमा जुलाई २३ देखि २८ तारिखसम्म आयोजना हुने आठौँ चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी हुने भएको छ ।

व्यवसायी रोननकाजी तुलाधर नेपालले आठौँ चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी हुने बताउनु भयो । चिनियाँ बजारमा हरेक वर्ष नयाँ नेपाली उत्पादनसहित सहभागी बन्न चाहने बताए । आठौं चीन–दक्षिण एशिया एक्स्पोमा करिव दुई हजार कम्पनीले दर्ता गरेका छन् ।

झन्डै आधा विदेशी उद्यमहरू छन् । जसले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका देशहरूको प्रतिनिधित्व गर्दछ ।



प्रतिक्रिया दिनुहोस !