२ कार्तिक २०८१, शुक्रबार

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिह लामाले गरे दावी पेश

प्रकाशित मिति :  23 July, 2024 1:19 pm


काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता बहादुर सिह लामाले दावी पेश गरेका छ्न् । एमालेको समर्थनमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दावी पेश गरेका हुन् ।

वागमती प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

मंगलबार नै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !