१७ कार्तिक २०८१, शनिबार

लुम्बिनीमा मन्त्री बन्ने आकांक्षी रहेका कांग्रेसका सांसद काठमाडौँमा, शीर्ष नेताले खोल्दैनन् मुख

प्रकाशित मिति :  23 July, 2024 1:34 pm


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट को मन्त्री बन्ने विषय अझै अझै टुङ्गो लागेको छैन ।

नेपाली कांग्रेस लुम्बिनीका सांसदहरू मन्त्री बन्ने प्रयासका लागि शीर्ष नेता रिझाउन काठमाडौँमा छन् ।

भोली बिहान ८ बजे नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको सपथ ग्रहण कार्यक्रम छ । सपथ ग्रहणका क्रममा सकेसम्म नेपाली कांग्रेस र एमालेका सबै मन्त्री सहभागि गराउने प्रयास छ ।

दुबै दलले मन्त्रीको नाम भने टुङ्ग्याउन सकेका छैनन् । कांग्रेसबाट मन्त्री बन्न चाहने आकांक्षी काठमाडौँमा छन् ।

एक नेताले भने,“ मन्त्री बन्नका लागि काठमाडौँ धाउनै पर्ने भो । अहिलेसम्म नेताले मुख खोल्दैनन् । ठिक छ हेरौँला मात्रै भन्छन् । ”

लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्री र ४ वटा मन्त्रालय तथा नेपाली कांग्रेसले ५ वटा मन्त्रालय लिने सहमति भएको छ ।

लुम्बिनीमा सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षको सन्तुलन मिलाउनुपर्ने चुनौती छ ।



प्रतिक्रिया दिनुहोस !