१५ पुस २०८१, सोमबार

बंगलादेशमा रहेका नेपाली विद्यार्थीको अवस्था संसदलाई जानकारी गराउन रास्वपाको माग

प्रकाशित मिति :  23 July, 2024 2:21 pm


काठमाडाैँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले त्यहाँ हिंसात्मक आन्दोलन भएको र नेपालीहरू सुरक्षित अवस्थामा रहेपनि त्यसबारे सरकारले संसदलाई विस्तृत जानकारी गराउनुपर्ने बताए ।

सांसद झाले बंगलादेशमा नेपाली विद्यार्थीहरू धेरै अध्ययनका लागि गएकाले उनीहरूले त्यो हिंसात्मक घटनापछि पीडा भोग्नुपरेकाले सरकारले त्यसबारे सदनलाई जानकारी गराउने र उनीहरूको पीडालाई सम्बोध गर्नुपर्ने बताए ।

उनले भने, “अहिलेसम्म कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन । तर पनि त्यस्तो जटिल अवस्था, परिस्थिति कस्तो छ, त्यो सबै परिस्थितिको बारेमा आधिकारिक रूपमा परराष्ट्र मन्त्रालयले सदनमा आएर जानकारी गराउनुपर्ने हो । त्यो जानकारी अहिलेसम्म भएको छैन ।”

बंगलादेशमा भएको सो हिंसात्मक घटनापछि १२ सय भन्दा बढी नेपाली स्वादेश फर्किएको परराष्ट्र मन्त्रालयको दाबी छ



प्रतिक्रिया दिनुहोस !