१७ कार्तिक २०८१, शनिबार

पूर्वमुख्यमन्त्रीले कार्कीले सचिवलाई कुटपिट गर्ने धम्की दिएको आरोप

प्रकाशित मिति :  23 July, 2024 2:46 pm


काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई धम्की दिएको आरोप लागेको छ । टेलिफोनमार्फत धम्की दिएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन् ।

पूर्वमुख्यमन्त्री कार्कीले कुटपिट गर्ने धम्कि दिएको भन्दै कार्यालयमा निवेदन परेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि नगरे ठिक नहुने भन्ने हिसाबले धम्की दिएको सचिव भट्टराईले बताए ।



प्रतिक्रिया दिनुहोस !