२३ भाद्र २०८१, आइतबार

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

प्रकाशित मिति :  23 July, 2024 6:28 pm


काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन्।

नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमतिअनुसार लामा मुख्यमन्त्री बनेका हुन्।

११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत रहेको छ र जुन बहुमतका लागि पर्याप्त मत हो।

संविधानको धारा १६८ (२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएका भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !