२३ भाद्र २०८१, आइतबार

सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, कर्णालीमा भारी वर्षा हुन सक्ने

प्रकाशित मिति :  24 July, 2024 7:27 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

बुधवार बिहानीपख देशभर साधारणतया बदली रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुइ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रभावित क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षति हुन सक्ने भएकाले सतर्कताको लागि अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !