१७ कार्तिक २०८१, शनिबार

लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री आचार्य र ८ मन्त्रीले लिए सपथ

प्रकाशित मिति :  24 July, 2024 10:28 am


बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य र मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मुख्यमन्त्री आचार्यहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई शपथ गराएका हुन् । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्री र ४ मन्त्रालय तथा कांग्रेसले ५ मन्त्रालय लिएका हुन् ।

कांग्रेसका जन्मजय तिमिलसिनाको नाम अन्तिममा काटिएको छ । एमाललेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु र सीता शर्मा मन्त्री बनेका छन् । ढकाल र पन्थी एमालेबाट मन्त्रीमा दोहोरिएका छन् ।

ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकास मन्त्री र पन्थी आन्तरिक मामिला मन्त्रीका रुपमा थिए ।

नेपाली कांग्रेसबाट धनेन्द्र कार्की, रोज राणा, प्रचण्डविक्रम न्यौपाने, र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन् ।

कांग्रेसले प्रमुख सचेतक रहेका तिमिल्सिना मन्त्री बन्ने भनिए पनि उनको नाम अन्तिममा काटिएको छ । आज बिनाविभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी तयारी छ ।



प्रतिक्रिया दिनुहोस !