३ माघ २०८१, बिहिबार

जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, विमानहरु आकाशमै होल्ड

प्रकाशित मिति :  24 July, 2024 12:30 pm


काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।

विमानस्थलबाट हुने सबै उडान–अवतरण बन्द भएको विमानस्थल स्रोतले जनाएको छ । दुर्घटनास्थलमा उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएको स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण बन्द भएपछि आन्तरिक जहाजहरुलाई उडानस्थल पठाइएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।

काठमाडौँबाट पोखरा प्राविधिक मर्मतको लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालक दलका सदस्यसहि १९ जना यात्रु रहेको विमानमा क्याप्टेन बाहेक सबै यात्रुको मृत्यु भएको विमानस्थल स्रोतले जनाएको छ । दुर्घटनास्थलबाट क्याप्टेन मनिष शाक्यको भने जीवित उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।



प्रतिक्रिया दिनुहोस !