६ पुस २०८१, शनिबार

विमान दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री ओली

प्रकाशित मिति :  24 July, 2024 1:43 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन्। दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले त्यहाँको घटनाबारे जानकारी लिएका हुन्।

दुर्घटनास्थलबाट प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार १८ जना यात्रुको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै विमानमा सवार १८ जना यात्रुको मृत्यु भएको जनाएको छ ।

प्राधिकरणका अनुसार विमानमा १९ यात्रु सवार थिए । घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई उपचारका लागि अस्पताल पुर्याइएको विमानस्थल स्रोतले जनाएको छ ।

स्रोतका अनुसार शाक्यको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ ।

शाक्यलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य अवस्थाबारे भन्न सक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !