२३ भाद्र २०८१, आइतबार

नेप्सेमा २७ अंकको गिरावट, हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार

प्रकाशित मिति :  24 July, 2024 3:47 pm


काठमाडौं । केहि दिनदेखि लगातार बढेको सेयरबजार आज भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से सूचक नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपससमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेप्सेमा कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ३६ करोड ७ लाख ४६ हजार ४ सय ५२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन बोटलर्स नेपाल र एसियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.७९ अंकले घटेको छ ।

कुल ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २ सय २६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३ सय १४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !