७ पुस २०८१, आइतबार

उद्योग समितिमा सांसदको हाजिरी सार्वजनिक गर्न सचिवालयलाई निर्देशन

प्रकाशित मिति :  24 July, 2024 4:36 pm


काठमाडाैँ । संसदीय समिति बैठकमा सांसदहरू नियमति रूपमा उपस्थित नभएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कडाइ गर्ने भएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको विषयमा तथ्याङ्क सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गरेको छ ।

संसदीय समिति बैठकहरुमा सांसदहरूको उपस्थिति कमी हुने गरेकाले बैठकमा उपस्थिति सार्वजनिक गरी कडाई गर्न थालेको देखिन्छ । बैठकमा समिति सभापति अब्दुल खानले ३७ वटा समिति बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको हो त्यसको तथ्याङ्क सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिए ।

उनले पछिल्लो समय समितिमा धेरै विधेयकहरुको विषयमा छलफल गर्नुपर्ने भएपनि सांसदहरूको उपस्थिति कमजोर रहेकाले बैठकमा सहभागिता भएको तथ्याङ्क सार्वजनिक गरिने बताए ।

उनले समिति बैठकमा सांसदहरूको सहभागितालाई नियमित गराउनको लागि ३७ बैठकमा कुन सांसद कतिवटा बैठकमा सहभागिता भएको तथ्याङ्क सचिवालयको वयवसाइटमा सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गरे ।

उनले समिति बैठकहरु सांसदहरुको उपस्थितिलाई सबैले जानकारी पाउने गरी समितिले सार्वजनिक गर्ने निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !