२३ भाद्र २०८१, आइतबार

नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको संवाहक होः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  24 July, 2024 5:13 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्ध दर्शनको संवाहक भएको बताएका छन् ।

बुधवार काठमाडौँमा अजय क्रान्ति शाक्यको बुद्धको मौलिक दर्शन पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपाल बुद्धको जन्मथलो मात्रै नभइ बुद्ध दर्शनको वाहक रहेको बताएका हुन् ।

उनले बुद्धले बिना ज्ञान घर, दरबार, परिवार नछोडेको बताए । उनले बिना ज्ञान सबै कुराको त्याग गर्न नसकिने बताए । उनले बुद्धले नेपालसहित भारतका विभिन्न स्थानमा गएर तपस्या र ध्यान गर्नुभएको बताए ।

उनले भने, “यत्तिकै बुद्धले आफ्नो राजकाज छोडेका थिएनन्, यत्तिकै बुद्धले श्रीमती, घर परिवार छोडेका थिएनन्, सुविधा थियो होला त्यो छोडेका थिएनन्, केही सोच नै नभइकन, ज्ञान नै नभइकन घर कसैले छोड्छ । त्यत्तिकै ज्ञान नभइ दरबार छोड्छ । सबै त्याग कसरी गर्नुभयो उहाँले । नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको वाहक पनि हो ।”

अध्यक्ष ओलीले नेपाल बुद्धको जन्मथलो भएको र नेपालबाटै बुद्ध धर्मको बिस्तार भएको बताए ।



प्रतिक्रिया दिनुहोस !