२३ भाद्र २०८१, आइतबार

विमान दुर्घटनामा घाइते भएका पाइलट शाक्यको अवस्था बुझ्न प्रधानमन्त्री ओली केएमसीमा

प्रकाशित मिति :  24 July, 2024 10:12 pm


काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको स्वास्थ्य अवस्था बुझ्न साँझ प्रधानमन्त्री ओली सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) पुगेका हुन् ।

त्यस्तै सरकारले दुर्घटनामा परेर ज्यान गुमाएकाको शोकमा भोलि झण्डा आधा झुकाउने निर्णय गरेको छ र दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ।



प्रतिक्रिया दिनुहोस !