२ कार्तिक २०८१, शुक्रबार

स्याङ्जामा तीन वर्षमा ३ सय ३२ जनाले गरे आत्महत्या

प्रकाशित मिति :  25 July, 2024 12:43 pm


सांकेतिक तस्विर

काठमाडौँ । पछिल्लो तीन वर्षको अवधिमा स्याङ्जा जिल्लामा ३ सय ३२ जनाले आत्महत्या गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक गरेकाे छ ।

जिल्लामा आत्महत्याको प्रवृत्तिमा महिलाको भन्दा पुरुषको संख्या बढी देखिएको छ । जसमा एक सय ४८ जना पुरुषले आत्महत्या गरेको छन् ।

पछिल्लो तीन वर्षको अवधिमा मात्र १६ वर्ष मुनिका २५ जना बालबालिकाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पछिल्लो तीन वर्षमा ८ बालक र १७ बालिकाले आत्महत्या गरेका छन् । यस अवधिमा एक सय ४८ जना पुरुष र ६२ जना महिलाले आत्महत्या गरेका छन् । बालबालिका साथै किशोर किशोरीहरुमा बढ्दो सामाजिक संजालको प्रयोगले आत्महत्या बढेको पाइएको रानाले जानकारी दिए ।

आर्थिक वर्ष २०७८\२०७९ मा महिला २१, पुरुष ४७, बालक ३ र बालिका ५ गरी ७६ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९\२०८० मा महिला २०, पुरुष ५८, बालक ३ र बालिका ६ गरी ८७ जनाले आत्महत्या गरेका छन् र २०८०\२०८१ मा महिला २१, पुरुष ४३, बालक २ र बालिका ६ गरेर ७२ जनाले आत्महत्या गरेको तथ्यांक रहेको रानाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !