२३ भाद्र २०८१, आइतबार

विमान दुर्घटनाबारे अध्ययन गर्न र मृतक परिवारलाई क्षतिपूर्ति दिन नेकपा एसको माग

प्रकाशित मिति :  25 July, 2024 1:09 pm


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकारस्ँग आग्रह गरेको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा सौर्य एयरलाइन्स दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकासँग आग्रह गरिएको हो ।

बैठकका बारेमा जानकारी दिँदै पार्टीका नेता जगन्नाथ खतिवडाले सौर्य एयरलाइन्सको दुर्घटनाबारे मृतकप्रति श्रद्धाञ्जली दिँदै र दुर्घटनाको बारेमा गहन अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने बारेमा सरकारको ध्यानाकर्षण गराउनेबारे छलफल भएको बताए ।

बैठकमा पार्टीको महाधिवेशनले दिएको म्याण्डेटअनुसार केन्द्रिय कमिटीलाई पूर्णता दिन बैठक जानकारी दिँदै उनले भने, “पार्टीको महाधिवेशनले दिएको म्याण्डेटअनुसार केन्द्रिय कमिटीलाई पूर्णता दिनको निम्ति ९३ जना सर्वसम्मत भएर निर्वाचित भएको केन्द्रिय कमिटीको बैठक बसेको हो । यो बैठक २९९ सदस्यीय केन्द्रिय सदस्यलाई पूर्णता दिने क्रममा त्यसको आधार, त्यसका मापदण्डहरु र त्यसलाई कसरी चाँडो भन्दा चाँडो सम्पनन गर्न सकिन्छ भन्ने विषयमा र यसमा के कस्ता समस्याहरु तल प्रदेशले झेलिरहनुभएको छ, त्यो प्रदेशका समस्याका बारेमा पनि छलफल गर्नेगरी आज हामी बसेका छौँ ।”

उनले बैठकमा २९९ सदस्यीय केन्द्रिय सदस्यलाई पूर्णता दिने क्रममा त्यसको आधार, मापदण्ड र चाँडो सम्पन्न गर्ने भन्नेबारेमा छलफल हुने बताए ।



प्रतिक्रिया दिनुहोस !