२३ भाद्र २०८१, आइतबार

हामी बिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्ः अध्यक्ष नेपाल

प्रकाशित मिति :  25 July, 2024 1:32 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीबिरुद्ध षड्यन्त्र सुरू भएको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीबिरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आएको बताएका हुन्। उनले सो बारेमा यकिन नभइसकेपनि पार्टीबिरुद्ध षड्यन्त्र सुरू भएको बताए । उनले षड्यन्त्रका बिरुद्धमा गहन विश्लेषण गरेर जानकारी हाँसिल गर्नुपर्ने बताए ।

उनले भने, “हाम्रा बिरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आइरहेको छ । कति सत्य हो, कति असत्य हो ? थाहा छैन । तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ । लेखेर पनि हुँदा रहेनछ । बोलेर हुँदो रहेनछ । त्यसको थोरै एनालिसिस गर्नुपर्ने रहेछ । त्यसको बारेमा हामीले जानकारी हाँसिल गर्नुपर्छ ।”

अध्यक्ष नेपालले विभिन्न राजनीतिक दलहरूसँग, राजनीतिक शक्तिहरूसँग संवाद जारी राख्नुपर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !