२ कार्तिक २०८१, शुक्रबार

नयाँ चलचित्र ऐन आएपछि चलचित्र क्षेत्रका ९० प्रतिशत समस्या समाधान हुन्छन्ः भुवन केसी

प्रकाशित मिति :  25 July, 2024 5:14 pm


काठमाडाैँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नयाँ चलचित्र ऐन आएपछि चलचित्र क्षेत्रका ९० प्रतिशत समस्या समाधान हुने बताएका छन् ।

बिहीवार चलचित्र विकास बोर्डमा दुई वर्षे कार्यकाल सकिएको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले उक्त ऐन अर्थ मन्त्रालयमा पुगेको र चाँडै साे ऐन आउने बताएका हुन् ।

उनले आफूमाथि धेरैले ठूलो अपेक्षा राख्नु स्वभाविक भएपनि बोर्डको अधिकार भन्दा माथि गएर काम गर्न नसकिने बताए । उनले आफूले कलाकारका दुःख र समस्या बुझेको भन्दै सिमित अधिकारका कारण चाहे जति पनि काम गर्न नसकेको बताए ।

उनले भने, “मैले यहाँ आएर पहिलो दिनदेखि नै ऐन पास गर्न कोशिस गरेँ । अहिले कम्तिमा सञ्चार मन्त्रालयबाट अर्थ मन्त्रालयसम्म त पुगेको छ । त्यत्तिसम्म प्रयास गरेका छौँ । अर्थ मन्त्रालयबाट क्यािबनेट हुँदै जान्छ । सरकारले चाहे तत्काल हुन्छ । हामीले गर्ने प्रयास नै हो । विकास बोर्डबाट गर्ने काम हामीले सबै गरेका छौँ ।”

उनले चलचित्र विकास बोर्डलाई सिमित अधिकार हुने भएकाले प्रयास जारी राख्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !