२३ भाद्र २०८१, आइतबार

शुक्रवार चार प्रदेशमा भारी वर्षा हुन सक्ने

प्रकाशित मिति :  26 July, 2024 6:39 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

शुक्रवार बिहानीपख देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा शुक्रवार भारी वर्षाको सम्भावना रहेको छ। आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !