२३ भाद्र २०८१, आइतबार

कीर्तिपुरका मेयर नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा

प्रकाशित मिति :  26 July, 2024 10:03 am


काठमाडौँ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।

उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिए । लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मी स्वास्थ्यमा समस्या आएपछि साउन २ गते वीरमा भर्ना भएका थिए ।

उनको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गरिने छ । मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ ।

मेयर नकर्मी नेपाली काँग्रेसको तर्फबाट मेयरमा विजयी भएका थिए । उनले एमालेका रत्नकेशर बज्राचार्यलाई हराएका थिए ।



प्रतिक्रिया दिनुहोस !