२३ भाद्र २०८१, आइतबार

मोटरसाइकल चोरीमा संलग्न दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति :  26 July, 2024 10:36 am


काठमाडौँ । काठमाडौँको नयाँ बानेश्‍वरबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको कोहल्वी नगरपालिका वडा नम्बर २ ककडी घर भइ हाल काठमाडौँको किर्तीपुर बस्ने २३ वर्षीय सुवाष चौधरी र कोहल्वी नगरपालिका वडा नम्बर ५ घर भइ हाल ललितपुरको थसिखेल बस्दै आएका २४ वर्षीय यम नारायण चौधरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत मंगलबार काठमाडौंको सिभिल अस्पतालमा पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०४३ प ०९ ९५ नम्बरको मोटरसाइकल चोरी भएको भनि भक्तपुरका मनिष बहादुर कार्कीले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका चौधरीद्वयले चोरी गर्ने समयमा प्रयोग गरेको लु २२ प ८५ २० नम्बरको मोटरसाइकल सहित सिसिटिभि फुटेजका आधारमा उनीहरू नियन्त्रणमा आएका हुन् । उनीहरूको साथबाट मोटरसाइकल चोरी कार्यमा प्रयोग हुने विभिन्न औजारहरू समेत प्रहरीले बरामद गरेको छ ।

चोरी गरेको बागमती प्रदेश ०२-०४३ प ०९ ९५ नम्बरको मोटरसाइकलका सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए । नियन्त्रणमा आएका उनीहरूलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्‍वर पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !