२३ भाद्र २०८१, आइतबार

संक्रमणकालीन न्याय सम्बन्धी कार्यदलको बैठक जारी

प्रकाशित मिति :  26 July, 2024 11:33 am


काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी छ ।

बैठक गृह मन्त्री रमेश लेखकको कार्यकक्षमा सुरू भएको हो । बैठकमा नेपाली काँग्रेसको तर्फबाट कार्यदलका सदस्य गृह मन्त्री लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन् ।

विधेयकसम्बन्धी सहमति हुन बाँकी बुँदामा छलफल गरी आजको बैठकमा टुङ्ग्याइने तयारी छ । यसअघि ८ गते बसेको बैठकमा विवादित विषयमा सहमतिनजिक पुगेको भन्दै सदस्यहरूले आज भोलि नै टुङ्ग्याएर शीर्ष नेतृत्वलाई बुझाइने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !