२३ भाद्र २०८१, आइतबार

ऊर्जामन्त्री खड्काको प्रतिवद्धता: दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गर्छौ

प्रकाशित मिति :  26 July, 2024 12:30 pm


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताएका छन् ।

सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आफ्नो २० औं स्थापना दिवसको अवसर पारेर शुक्रवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको विद्युत विकासको क्षेत्रमा सरकार निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

मन्त्री खड्काले निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । विद्युत विकासलाई आफूले नजिकबाट नियालिरहेकाले काम गर्न सहज हुने उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि साथ दिन पनि निजी क्षेत्रलगायत संवद्ध सबै पक्ष आह्वान गरे ।

उनले भने, “अब हामी ९८ प्रतिशत विद्युतीकरण गरिसकेका छौं भनेका छौं । अब एक, डेढ वर्ष भित्र, दुई वर्षका लक्ष्य राखेपनि त्यो भन्दा अगाडि नै लक्ष्य प्राप्ति गरी सबैको घरमा विद्युतीकरण गरिसक्छौं भनिसकेपछि अब हामीले त्यही समूहले ज्ञान, सीप हासिल भइसकेको समूहले मुलुकमा कस्तो सहयोग पु¥याउन सकिन्छ भनेर खोजी पनि गर्नुपर्दछ ।”

त्यस अवसरमा मन्त्री खड्काले सशस्त्र द्वन्द्वकालको कठिन अवस्थामा पनि समुदायमा विद्युतीकरणको काम गरेको भन्दै समुदायमा आधारित विद्युतीकरण सम्बन्धि संघ, संस्थाप्रति आभार समेत व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !