२३ भाद्र २०८१, आइतबार

टिआरसी विधेयकबारे गठित संयन्त्रले कानूनमन्त्रीसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने

प्रकाशित मिति :  26 July, 2024 1:51 pm


काठमाडाैँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकमा सहमति जुटाउन गठित संयन्त्रले कानून, न्याय तथा संसदीय मामिलमन्त्रीसँग छलफल गर्ने भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको संयन्त्रको बैठकले सो सहमति गरेको हो । संयन्त्रले आगामी सोमवार कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सचिव फणिन्द्र गौतम, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव महान्यायाधिवक्ता र कानून, न्याय तथा मानव अधिकार समिति सभापतिलाई बोलाएर छलफल गर्ने संयन्त्रका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं संयन्त्रका सदस्य जनार्दन शर्माले शान्ति प्रक्रियाको मुद्दा १८ वर्ष भन्दा बढी समय थन्किएर रहेको भन्दै अब छिटै सक्ने गरी काम सुरू गरिएको बताए । उनले नमिलेका विषयहरूलाई सहमतिमा पु¥याएर नेताहरूसमक्ष प्रतिवेदन पेश गर्ने कार्यभार करिव सकिएको बताए ।

उनले सैद्धान्तिक रुपले सहमतिको नजिक रहेको भएपनि सोमवार सरोकारवाला निकाय र व्यक्तिसँग बसेर छलफल गरी परामर्शसहितका विषय समावेश गरेर प्रतिवेदन तयार पार्ने बताए । उनले सोमवार कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सचिव फणिन्द्र गौतम, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव महान्यायाधिवक्ता र कानून, न्याय तथा मानव अधिकार समिति सभापतिलाई बोलाएर छलफल गर्ने बताए ।

संक्रमणकालीन न्यायले मेलमिलापलाई मद्दत पु¥याओस्, गम्भीर प्रकारका मानवअधिकार उल्लंघनहरुले सजाय पाउनुपर्छ भन्नेमा आफूहरूको ध्यान केन्द्रित रहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !