२ कार्तिक २०८१, शुक्रबार

भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार

प्रकाशित मिति :  26 July, 2024 2:31 pm


काठमाडौँ । भारतको कश्मिरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूको उद्धार गरिएको छ ।

रोजगारीको प्रलोभनमा बेचबिखनगरी कश्मिरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका श्रमिकको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धारगरी नेपाल फर्काएको हो ।

उद्धार गरिएकामा सिराहाका २१ र धनुषाका ७ जना मजदुर रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा राखेको जानकारी अनुसार उनीहरूलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस !