सचिवहरूसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओली
प्रकाशित मिति : 28 July, 2024 1:00 pm
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयका सचिवहरूसँग ब्रिफिङ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा सुरू भएको छलफलमा उपप्रधानमन्त्री तथा मन्त्रीहरू, मुख्यसचिव तथा मन्त्रालयका सचिवहरू, प्रधानमन्त्रीका सल्लाहकारहरू र योजना आयोगका पदाधिकारीहरू सहभागी छन्।
प्रधानमन्त्री ओलीले अहिलेसम्म भएगरेका कामहरूका बारेमा ब्रिफिङ लिने उनको सचिवालयले जनाएको छ।