१७ कार्तिक २०८१, शनिबार

साउन १५ गते विश्वासको मत लिँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा

प्रकाशित मिति :  28 July, 2024 2:07 pm


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले १५ साउनमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले १५ यहि साउन १५ गते विश्वासको मत लिने तयारी रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

जसअनुसार प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।

प्रदेश सभा सचिवालयका अनुसार नेपाली कांग्रेस र एमालेको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका लामाले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्नेछ ।

मुख्यमन्त्री लामाले १४ सदस्यीय मन्त्रिपरिषद् बनाएर शनिबार नै सरकारलाई पूर्णता दिएका छन्



प्रतिक्रिया दिनुहोस !