२६ पुस २०८१, शुक्रबार

माओवादी केन्द्रले भन्यो: ठूलो रूपान्तरणको प्रक्रियामा जाँदैछौँ

प्रकाशित मिति :  28 July, 2024 5:43 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी ठूलो रुपान्तरणको प्रक्रियामा जाने बताएको छ ।आइतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले ठूलो रूपान्तरणको प्रक्रिया जाने निर्णय गरेको हो ।

बैठकपछि सञ्चाकरर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी छलफल भइरहेको बताए ।

उनले बैठकमा आज जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि पोखरेल, श्रीराम ढकालले आफ्ना धारणा राख्नुभएको र बैठकमा बोल्ने नेताहरूलाई समय निर्धारण नगरीकन अभिव्यक्ति गर्न दिइएको पनि बताए।

प्रवक्ता सापकोटाले नेकपा (माओवादी केन्द्र) एक पटक पुनः जनतामा जाने गरी अभियान सञ्चलन गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !