३ माघ २०८१, बिहिबार

प्रतिनिधिसभा बैठक बस्दै, कृषि र स्वास्थ्य मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

प्रकाशित मिति :  29 July, 2024 7:34 am


काठमाडौँ। प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्दैछ ।

वैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने लगायतका विषय कार्यसूचीमा रहेको छ।

राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।

सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची छ ।

सांसद तोसिमा कार्कीले ‘विपद् व्यवस्थापनमा पुनरवलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकाले’ भन्ने विषयको जरुरी सावर्जनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्ने भएकी छिन्।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने भएका छन्।



प्रतिक्रिया दिनुहोस !