भ्रष्टाचारका फाइल खोलेको जस हामीलाई चाहिँदैनः लामिछाने
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरू खोलेको जस आफूलाई नचाहिने बताएका छन् ।
सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरू पनि आफैँले खोलेको र भ्रष्टचार पनि आफैँले गरेको हो भनेर स्वीकार्न आग्रह गरे ।
उनले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरू आफूले पुनः खोल्ने काम मात्रै गरेको बताए । उनले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप लगाए ।
“हिजो भर्खरै यहाँ कुराहरू चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमीहरूलै खोलेकै होइनौँ भन्नेकुराहरू आए । ठिक छ, तपाईंहरूले नै खोल्नुभएको हो, हामीलाई जस चहिएको पनि होइन । काण्डहरू पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो । ३० औं वर्षमा यि काण्डहरू पनि आफैँले गरेको हो भनिदिए राम्रो हुन्थ्यो,” उनले भने ।
सभापति लामिछानेले आफू सरकारमा कुनैपनि पूर्वाग्रही रहेर काम नगरेको जिकिर गरे ।